सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा करणको ५० विकेट पूरा

प्रकाशित समय: बिहिवार, ०३ : ४१ बजे चैत्र १७ गते



टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा करणको ५० विकेट पूरा

काठमाडौं, १७ चैत।नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ५० विकेट पूरा भएकाे छ ।

 

करणले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पिएनजी)विरुद्धको जारी खेलमा लेगा सिएकाको विकेट लिएसँगै अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् ।करणले ५० विकेट ३५ खेलमा पूरा गरेका हुन् । उनीअघि नेपालका कप्तान सन्दीप लामिछाने ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पारे गरेका थिए । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका थिए ।

 

आजको खेलसँगै नेपाली टिमको समेत टी–२० खेलमा ५० खेल पूरा भएको छ ।