सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

ललितपुर महानगरपालिकाको बजेट सार्वजनिकिकरण, ४ अर्ब ६० करोडको बजेट प्रस्तुत

प्रकाशित समय: सोमवार, ०४ : २४ बजे असार ३२ गते



ललितपुर महानगरपालिकाको बजेट सार्वजनिकिकरण, ४ अर्ब ६० करोडको बजेट प्रस्तुत

ललितपुर, ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजिनिकरण गरेको छ।

 

ललितपुरका ६ वटा स्थानीय तह मध्ये ललितपुर महानगरपालिकाले असारको अन्तिम दिनमा आएर बजेट सार्वजनिकरण गरेको हो।

 

धार्मिक सांस्कृतिक एवं ऐतिहासिक रुपले परिचित ललितपुर नगर २०७३/१२/१०मा ललितपुर महानगरपालिका भएपछि महानगरपालिकाले गरेको यो दोस्रो बजेट सार्वजनिकरण कार्यक्रम हो। ललितपुर महानगरपालिकाको प्रांगणमा भएको बजेट सार्वजनिककरण कार्यक्रमको प्रमुख आथित्यता संस्कृतिविद सत्यमोहन जोशीले गर्नुभएको थियो।

 

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, सेना-प्रहरी, पत्रकार, नागरिक समाजलाई महानगरपालिकाका उपमेयर गीता सत्यालले स्वागत गर्नुभएको थियो।

 

सोमबार आयोजना भएको सार्वजनिक कार्यक्रममा बजेट प्रस्तुत गर्दै महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरले भौतिक पूर्वाधारसँगै खेलकुद, पर्यटन, शिक्षा लगायतको क्षेत्रमा विकास गर्ने नीति लिएको प्रस्ट्याउनुभयो।

 

संघीय सरकारबाट रु ८९ करोड ७८ लाख प्रदेश सरकारबाट ३ करोड आन्तरिक स्रोतबाट एक अर्ब ७७ करोड ५४ लाख १ हजार आम्दानी हुने अनुमान गरिएको बजेटले दुर्गम रहेका वडाहरुलाई प्राथमिकतामा प्राथमिकतामा राखी विकास निर्माण कार्यालय अगाडि बढाउने मेयर महर्जनले जानकारी गराउनुभयो।

 

बजेटले चालू प्रशासनिक खर्च रु एक अर्ब ६ करोड ५० लाख हुने अनुमान गरेको छ त्यस्तै व्याय तर्फ चालु सामाजिक सुरक्षा भत्ता रु ३० करोड र पूँजीगत कार्यक्रम २ अर्ब ४० करोड ८ लाख ३७ हजार हुने अनुमान गरेको छ।