सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

पीएनजीले मलेसियालाई हरायो, फाइनल सम्भावना जीवितै

प्रकाशित समय: शुक्रवार, ०४ : ४४ बजे चैत्र १८ गते



पीएनजीले मलेसियालाई हरायो, फाइनल सम्भावना जीवितै

काठमाडौै, १८ चैत।मलेसियालाई आठ विकेटले पराजित गर्दै पपुवा न्युगिनी (पिएनजी)ले त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको फाइनल खेल्ने सम्भावन जीवित राखेको छ ।

 

शनिबार हुने खेलमा नेपालले मलेसियालाई पराजित गरे पिएनजीले फाइलनमा स्थान बनाउनेछ । नेपाल भने यसअघि नै दुबै खेल जित्दै उपाधि नजिक रहेको छ ।शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको १९७ रनको लक्ष्य पिएनजीले १७ ओभर ५ बलमा दुई विकेट गुमाएर पूरा गर्‍याे ।पिएनजीको सानदार जितमा टोनी उराले सर्वाधिक ८६ रन बनाए । उनले ३४ बलमा दुई चौका र १० छक्का प्रहार गरे । यस्तै, कप्तान असद भालाले ७४ रन बनाए ।

 

मलेसियाका मुहम्मद वफिक र स्याजरुल इद्रिसले समान एक विकेट लिए ।यसअघि टस हारेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९६ रनको योगफल तयार गरेको थियो ।मलेसियका सेद अजिजले सर्वाधिक ६४ रन जोड्दा कप्तान अहमेद फैजले ६३ रन बनाएका थिए । यसबाहेक, जुबैदी जुल्किफ्लेले ४६ र विरन्दीप सिंहले १० रन जोडे ।

 

पिएनजीका काबुअ मोरेआले सर्वाधिक चार विकेट लिँदा रिले हाकुरे र चाड सोपरले समान एक विकेट लिए ।पिएनजीले शृंखलाअन्तर्गत नेपालविरुद्धको दुबै खेल हार्दा मलेसियासँग पहिलो खेलमा पनि पराजित भएको थियो ।यस्तै, पिएजनीलाई पहिलो खेलमा हराएको मलेसिया दोस्रो खेलमा भने नेपालसँग ६ विकेटले पराजित भएको थियो ।