सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

अपराजित रहँदै नेपाल फाइनलमा

प्रकाशित समय: शनिवार, ०४ : १७ बजे चैत्र १९ गते



अपराजित रहँदै नेपाल फाइनलमा

काठमाडौ, १९ चैत।त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको छ । सिरिजको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । 

 

त्रिवि क्रिकेट मैदानमा २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९ ओभरमा ५ बलमा १ सय ३८ रनमा अलआउट भयो । मलेसियाका भिरनदीप सिंहले सर्वाधिक ४७ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ विकेट हात पारे । कमलसिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले समान २÷२ विकेट लिए । कुशल भुर्तेलले आआफ्नो टी–ट्वान्टी अन्तर्राष्ट्रीय करियरमा पहिलो बलको पहिलो विकेट लिन सफल भए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मा ५ विकेट गुमाएर २ सय २३ रन बनायो । दिपेन्द्रको आक्रामक शतकीय इनिङ खेलेपछि नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको तेस्रो ठुलो स्कोर बनाएको थियो । दिपेन्द्रले अविजित रहदै १ सय १० रनको इनिङ खेले । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । टी–ट्वान्टी अन्तराष्ट्रियमा पहिलो शतक पुरा गरेका दिपेन्द्रको यो स्कोर नेपाली खेलाडीको एक इनिङको व्यक्तिगत धेरै रन हो ।

 

यस्तै दिपेन्द्र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । सिरिजमा नेपालले ४ खेलमा ४ जित निकाल्दै तालिकाको शीर्षस्थानबाट फाइनल पुगेको छ ।