सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

थप ७ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: बिहिवार, ०४ : ३४ बजे चैत्र २४ गते



थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, २४ चैत।नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको २ हजार ८ सय १९ पिसिआर परिक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको र १ हजार ८ सय ४९ एन्टीजेन परिक्षण गर्दा कसैको पनि कोरोना रिपोर्ट पोजेटिभ नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप २५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ८ सय ४७ जना निको भएका छन् ।

 

हाल नेपालमा ७ सय ४७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।