सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

दोस्रो हारसँगै नेपाल प्रतियाेगिताबाटै बाहिरियो

प्रकाशित समय: सोमवार, ०२ : २१ बजे चैत्र २८ गते



दोस्रो हारसँगै नेपाल प्रतियाेगिताबाटै बाहिरियो

काठमाडौं, २८ चैत।एएफसी फुटसल एसियन कप छनोटमा नेपाल सोमबार ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भएकाे छ। कीर्गिस्तानको बिस्केकमा ताजकिस्तानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो ।

 

समुह ‘बी’ मा रहेको नेपालको दुई खेलबाट कुनै अंक छैन । नेपाल चौथो स्थानमा छ । शीर्ष स्थानको ताजकिस्तानको चार अंक छ भने दोस्रो स्थानकाे उज्वेकिस्तनको तीन अंक छ । तेस्रो स्थानको अफगानिस्तानको एक अंक छ ।ताजकिस्तानले आइतबार पहिलो खेलमा अफगानिस्तानसँग बराबरी खेलेको थियो । पहिलो खेलमा नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ ले पराजित भएकाे थियाे ।

 

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार अफगानिस्ताानको सामना गर्नेछ ।