सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

नवौँ राष्ट्रिय खेलकुद २२-२८ जेठसम्म पोखरामा गर्ने निर्णय

प्रकाशित समय: बुधवार, ०३ : २९ बजे चैत्र ३० गते



नवौँ राष्ट्रिय खेलकुद २२-२८ जेठसम्म पोखरामा गर्ने निर्णय

काठमाडौं, ३० चैत।आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक संजालमार्फत सो घोषणा गरेका हुन् ।

 

नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुनेछ । मन्त्री गहतराजले लेखेका छन्- नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता” आगामी २०७९ साल २२-२८ जेठमा गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐेतिहासिक निर्णय गरेको छ।

 

यसअघि आठौँ राष्ट्रिय खेलकुद सुदूरपश्चिम नेपालगंजमा आयोजना भएको थियो ।