सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

बिहीबार ४ जनामा कोरोना संक्रमण पुष्टि, थप ४४ संक्रमित कोरोनामुक्त

प्रकाशित समय: बिहिवार, ०५ : २४ बजे बैशाख १ गते



बिहीबार ४ जनामा कोरोना संक्रमण पुष्टि, थप ४४ संक्रमित कोरोनामुक्त

काठमाडौं, १ वैशाख।नेपालमा बिहीबार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको २ हजार २ सय ६२ पिसिआर परिक्षणका क्रममा ३ जना र १ हजार ८० एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २ सय ४ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ४ सय ७९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।