काठमाडौं, २ वैशाख।नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाब्वे ‘ए’ सँग समान तीन खेलको एकदिवसीय र टी-२० शृंखला खेल्ने भएको छ ।
घरेलु मैदान टियु क्रिकेट रंगशालामा हुने शृंखला ३० अप्रिलदेखि ९ मेसम्म चल्नेछ ।नेपालले जिम्बाब्वे ‘ए’ सँग सुरुमा एकदिवसीय शृंखला खेल्नेछ । जुन ३० अप्रिलदेखि ४ मे सम्म चल्नेछ । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।
यस्तै, टी-२० शृंखला ६ देखि ९ मेसम्म हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।यसअघि नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी (पिएनजी) सँग दुई खेलको एकदिवसीय र पिएनजीसँगै मलेसियासम्मिलित त्रिदेशीय टी-२० शृंखला खेलेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ