सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ९ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: शनिवार, ०७ : २९ बजे बैशाख ३ गते



थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।नेपालमा शनिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ८६ पिसिआर परिक्षणका क्रममा ६ जना र २ हजार ५९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ३ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ४ सय सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।