काठमाडौं। ब्याक टु ब्याक गायनमा चम्किरहेका कृष्ण काफ्ले म्यूजिक भिडियो निर्देशक बनेका छन् । उनको निर्देशनमा रहेको गीत ‘सिंहदरबार झ्यालैमा ऐना’को भिडियो सार्वजनिक भएको छ ।
लोक शैलीमा रहेको यस गीतमा गायक काफ्ले र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । मोहन थापाको शब्द रचना रहेको यस गीतमा गायक काफ्लेले नै संगीत दिएका छन् । पुराना गीतहरूमा प्रयोग हुने खालका शब्द र भाका प्रयोग गरी नयाँ एरेन्जमा गीत तयार गरिएको छ । नरेन्द्र वियोगीले संगीत एरेन्ज गरेका छन् ।
भिडियोमा रोशन केसी र शिल्पा पोखरेलको अभिनय रहेको छ । भिडियोका छायाँकार सन्कल भुजेल हुन् भने शिशिर खातीको कोरीयोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ । यो भिडियोलाई गायक काफ्लेकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ