सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप १० जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: सोमवार, ०५ : १५ बजे बैशाख ५ गते



थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ वैशाख।नेपालमा सोमबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ३ हजार ६ सय पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार ९१ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ७३ जना निको भएका छन् । हाल नेपालमा ३ सय ५० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।