धुलिखेल । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जिल्लाको विकटक्षेत्र डाँडापारीमा आगामी वर्षबाट सडकको समस्या नरहने बताएका छन् । सबै ठाउँको विशेषता हुन्छ । वर्षा याममा सडक सुविधा नहुँदैमा डाँडापारीलाई कर्णाली भन्न मिल्दैन । सडकको समस्यापनि आगामी वर्षबाटै हल हुन्छ उनको भनाई थियो ।
जिल्लाको रोशी गाउँपालिका तथा सबै नगरपालिका तथा पत्रकार महासंघका सदस्यहरुलाई प्राथमिक उपचारका सामग्री वितरण कार्यक्रममा बोल्दै उनले यो बताएका हुन् । प्रारम्भ सामाजिक संस्था, पत्रकार महासंघ काभ्रेको आयोजनामा सिंगापुर रेडक्रसले उपलब्ध गराएको सामग्री वितरण गरिएको थियो ।
लोकतन्त्रमा आफ्नो विचार राख्न पाइने उल्लेख गर्दै उनले नेपालका नदिमार्फत जहाज भित्र्एरै छाड्ने बताए । देशले लिएको समृद्धिको संकल्प पुरा गर्न सरकार सबैसँग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताए । सरकारको संकल्प भने कै मुलुकलाई समृद्ध बनाउने हो, यसका लागि स्वदेशी, विदेशी, नीजि, सार्वजनिक सबै क्षेत्रसँग मिलेर छिटो भन्दा छिटो प्रगती र उन्नती गर्ने दिशातर्फ सरकार लागि पर्ने उनको तर्क थियो ।
विपक्षी तर्फ इकित गदै उनले अइसा तइसा भनेर गाली गर्नु बेकार भएको र विपक्षका राम्रा निर्णय कुनै पनि तोडमोड नगरेको उनको भनाई थियो ।
नेपाल पत्रकार महासंघ काभे्र शाखको आयोजनामा भएका कार्यक्रममा उहाँले सकारात्मक सोचका साथ सबैले आफ्नो लागि हो भन्ने सम्झिएर काम गर्न सके सरकारको लक्ष्यमा पुग्न समय नलाग्ने बताउनुभयो । कुनै पनि मुलुक एकैपटक समृद्ध नबनेको बताए त्यसका लागि हामी सबैले आफ्नो स्थानबाट त्याग, दृढता र संकल्प गर्न जरुरी रहेको बताए ।
बास्कोटाले विपक्ष दलहरुले सरकार तानाशही, निरकुंश, अधिनायकबादी लगायत अन्य भनेर लगाएको आरोपलाई राजनीतिक पूर्वाग्राही मात्र भएको बताए । हामी सबैलाई समेटेर मुलुक समृद्ध बनाउने लक्ष्य लिएर अगाडी बढेका छौ, अघिल्ला सरकारले गरेका राम्रा कामलाई प्राथमिकता दिदै, नयाँ जनदेश अनुसार आएको सरकारले नयाँ कामको सुरुवात मात्र गरेको स्मरण गरे ।
कार्यक्रममा अर्थ मन्त्रालयका सचिव डा. राजन खनालले अब स्थानीय तह तथा प्रदेश राज्य नै बलियो भएका र आगामी वर्षबाट अर्थमन्त्रालयको कामको स्वरुप बदलिने बताए । उनले असारमा जाने बजेट यस बर्षबाट रोकिएको बताए ।
बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले पहिलेको चलचित्रको बजारको स्मरण गर्दै अहिले नेपाली चलचित्र सुधारको बाटोमा अघि बढेको बताए । कुनै घटनाले समय र मानिसको जीवनमा नै ठूलो परिर्वतन ल्याउने बताए ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले हाम्रो जस्तो भौगोलिक विकटता भएको मुलुकमा प्राकृतिक विपत्ति रोकथाममा ध्यान दिन जरुरी रहेको बताउँदै दिगो विकासको लक्ष्यले मात्र मुलुक समृद्ध बन्ने बताए ।
मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवाले राज्यको नीति गलत हुँदा दुरदराजमा स्वास्थ्य सेवा समेत लिनबाट जनता बञ्चित रहेको बताए । राज्यको नीति कै कारण सुविधाहरु सुगम स्थानमा दोहोरो भए पनि विकट ठाउँका बासिन्दा साधारण सुविधाबाट नै बञ्चित रहेको बताए ।
सिंगापुर रेडक्रसको सहयोगमा जिल्लाको धुलिखेल, पनौती, बनेपा, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा रोशी गाउँपालिकालाई प्राथमिक स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा नेकपाका नेता सूर्यमान दोङ, काँगे्रस सभापति मधुप्रसाद आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना, सल्लाहकार भोला थापा, बद्री तिमल्सिना लगायतले मन्तव्य राखेका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ