सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: बुधवार, ०५ : ५२ बजे बैशाख ७ गते



नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ७ वैशाख।नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको २ हजार ५ सय २८ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार ३ सय ४९ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २५ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ३ सय १८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।