सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

गायिका सुमित्रा कोइराला( दाहाल)को तीज कोसेली डुङ्गी सलल,भिडियो सहित

प्रकाशित समय: शुक्रवार, ०४ : २० बजे भदौ १ गते



गायिका सुमित्रा कोइराला( दाहाल)को तीज कोसेली डुङ्गी सलल,भिडियो सहित

ललितपुर,गायिका सुमित्रा कोइराला( दाहाल)को तीज कोसेली डुङ्गी सलल बजारमा आएको छ।

 

पछिल्लो समय तीज गीतमार्फत अत्यन्तै चर्चित र लोकप्रिय बनेकी गायिका कोइराला (दाहाल)को यो छैटौं एल्बम हो ।

 

यसअघि उनले गाएका गाजले आँखा, हातमा साइको घडी, आकासलाई धर्ती नभएमा, पञ्चेबाजा, र फुल जस्तो जोवन दर्शक-श्रोताले एकदमै रुचाएका गीत हुन्।

 

लय तथा शब्द सिर्जना समेत आफ्नै रहेको कोइरालाको गीतलाई कामना डिजिटल प्रालीले बजारमा ल्याएको हो।

 

पेशाले अध्यापन गराउँदै आएकी गायिका कोइरालाले चाँडै रोइला तथा अन्य गीतहरू बजारमा ल्याउने तयारी रहेको बताइकी छिन्।

 

सानैदेखि गायन क्षेत्रमा रुचि राख्ने गायिका कोइराला गीतसंगीतमा दाम कमाउन भन्दा पनि नाम कमाउन र समाजसेवामा समर्पित हुन यस क्षेत्रमा लागेको बताउँछिन्।

भिडियो