सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

एसियाली खेलकुदमा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने

प्रकाशित समय: शुक्रवार, ०५ : ५९ बजे बैशाख ९ गते



एसियाली खेलकुदमा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने

काठमाडौं, ९ वैशाख।१९औं एसियाली खेलकुदमा नेपालले २३ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार राष्ट्रिय खेलकुदका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले १९औं एसियाली खेलकुदमा २३ वटा खेलमा सहभागिता जनाउने जानकारी दिएको हो ।नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सीङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन र सुटिङमा सहभागिता जनाउने राखेपले जनाएको छ ।

 

राखेपका अनुसार २३ वटा खेलमा नेपालबाट एक सय ५० खेलाडी, २८ प्रशिक्षक र २० जना व्यवस्थापनक सहभागी हुनेछन् ।यस्तै नवौं राष्ट्रिय खेलकुदमा कुल ३८ वटा खेलमा प्रतिस्पर्धा हुने भएको छ ।नवौंमा सातै प्रदेश र विभागीय टाेलीसँगै गैर आवासीय नेपाली संघ (एनआरएनए) बाट पनि खेलाडीकाे सहभागिता रहने राखेपले जनाएकाे छ ।राजनीतिक खिचातानी तथा नियुक्ति र बर्खास्ती प्रकरणका कारण तीन वर्ष देखि हुन नसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आज भएको थियो ।

 

सदस्यसचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आजको लागि बोर्ड बैठक बोलाएका थिए ।युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा भएको बैठकले सो निर्णय गरेको हो ।यस अघि अन्तिम पटक राखेपको बोर्ड बैठक २०७६ सालको सुरुवातमा बसेको थियो ।

 

मन्त्री परिषद्को बैठकले यसअघि नै नवौ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियाे ।