बिराटनगर, ६ भदौ । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा ब्यापक सुधार गरेको छ । नोबेलले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको हो । बिरामीको सहजताका लागि आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको संख्या बढाउँनुका साथै २४ सै घण्टा ‘रेसपोन्स टिम’ र ‘ट्रली ब्वाई’ परिचालन गरिएको छ । आकस्मिक अवस्थामा आएका बिरामीलाई खर्च अभाव भएमा सर्तनामा गराएर उपचार गराउँन कर्मचारी पनि खटाईएको अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिईन् ।
उनका अनुसार बिरामीलाई सहज रुपमा आकस्मिक कक्षमा पुर्याउँन २४ सै घण्टा अस्पतालको गेटमा ‘ट्रली ब्वाई’ खटाईएको हो । ‘ट्रलि ब्वाई’ ले बिरामी आईपुग्ने बित्तिकै एम्बुलेन्सबाट बिरामीलाई निकालेर सकेसम्म छिटो उपचारका लागि आकस्मिक कक्षमा पुर्याउँने गर्छन् ।
यता, बिरामीलाई तुरुन्त उपचारका लागि ९ जना स्वास्थ्यकर्मीको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ परिचालन गरिएको छ । बिरामीलाई आवश्यकता अनुसार तत्काल शल्यक्रिया वा सघन उपचारका लागि अस्पताल सञ्चालक र अस्पताल प्रशासनका प्रतिनिधिले निगरानी गरी ढिलाई हुन नदिन प्रभावकारी भूमिका निर्वाह गर्ने गर्छन् । ईमर्जेन्सीमा २ जना बिरामी बराबर एकजना नर्सिङ स्टाफ खटाइएको छ ।
उनीहरुले बिरामीसँग सम्बन्धित डाक्टरलाई बोलाएर आवश्यकता अनुसार उपचारको ब्यवस्थापन मिलाउँने गर्छन् । रेसपोन्स टिमसँगै न्यूरो सम्बन्धि बिरामीका लागि तत्कालै उपचारको ब्यवस्थापन गर्न न्यूरोका नर्सहरुको छुट्टै टिम पनि परिचालन गरिएको ईमर्जेन्सी ईन्चार्ज डा.अमितकुमार अग्रहरीले बताए । ईमर्जेन्सीमै भेन्डिलेटरसहितको आईसीयू कक्षको पनि ब्यवस्था मिलाईएको छ ।
ईमर्जेन्सीमा इसीजी, ल्याब परीक्षण, अल्ट्रासाउण्ड, एक्सरे लगायतको ब्यवस्था गरेपछि बिरामीको उपचारमा थप सहज भएको छ । ईमर्जेन्सी कक्षमा २४ सै घण्टा बिशेषज्ञ डाक्टरसहितको टिम खटिने गर्छ । पहिलेको तुलनामा डाक्टरहरुको संख्या पनि बृद्धि गरिएको छ । नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले ईमर्जेन्सी सेवालाई प्रभावकारी बनाउँन चासो देखाएपछि ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरी छिटो, छरितो र गुणस्तरीय बनाईएको हो ।
नोबेलले ईमर्जेन्सी सेवामा सुधार गरेपछि उपचारमा सहज भएको बिरामी र बिरामीका आफन्तको भनाई छ । उपचारका लागि आमालाई नोबेल लिएर आएका सुनसरीको ईनरुवाका शिशिर दत्त र हजुरआमाको उपचारका लागि नोबेल आएका मोरङको पथरीशनिश्चरेका लालबहादुर बुढाथोकीले नोबेलको ईमर्जेन्सी सेवामा ब्यापक सुधार पाएकाले उपचारमा धेरै सहज भएको प्रतिक्रिया दिए ।
उनीहरुजस्तै अधिकांस बिरामी र बिरामीका आफन्तले उपचारमा सहज भएको प्रतिक्रिया दिने गरेका छन् । इमर्जेन्सीमा आउने बिरामीहरुलाई कुनै किसिमको समस्या नहोस् भनेर अस्पतालको गेट देखिनै स्वास्थ्यकर्मी र कर्मचारी परिचालन गरिएपछि बिरामीले पनि सहज अनुभूति गर्न पाएका हुन् । गुणस्तरीय सेवालाई प्राथमिकता दिदै आएको नोबेल अस्पतालले आवश्यकता अनुसार सेवामा स्तरीयता बढाउँदै लगेपछि बिरामीको आकर्षण पनि बढ्दै गएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ