सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: सोमवार, ०६ : १६ बजे बैशाख १२ गते



 थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १२ वैशाख।नेपालमा सोमबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ३ हजार ६ सय ४२ पिसिआर परिक्षणका क्रममा १९ जना र १ हजार १ सय ३३ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार पनि कोरोनका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ४० जना निको भएका छन् ।

 

हाल नेपालमा २ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।