सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

एसियाली खेलकुदः आश गरिएको तेक्वान्दो तेस्रो दिन पनि पदकविहीन

प्रकाशित समय: मगलवार, ०४ : ३४ बजे भदौ ५ गते



एसियाली खेलकुदः आश गरिएको तेक्वान्दो तेस्रो दिन पनि पदकविहीन

५ भदौ, काठमाडौं । एसियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दो खेल इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदमा भने कमजोर सावित भइरहेको छ । तेक्वान्दोको तेस्रो दिन सकिँदा नेपाल पदकविहीन छ । तेस्रो दिन नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुँदा दुई खेलाडी पहिलो चरणमै रोकिए । महिला ५७ केजीमुनि ज्ञानी चुनारा क्वार्टरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिन लोइससँग २०-० को फराकिलो अन्तरले पराजित भइन् ।

 

पारिन् । पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै सीमित भए । काजाकिस्तानका झापारोभ रुसलानले अनोजमाथि २१-० को सहज जित दर्ता गरे । तेक्वान्दोमा नै सोमबार गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वाटरफाइनलमा पराजित भएका थिए । सागर भियतनामका खेलाडीसँग २५-५ अंकले पराजित भए । त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४-४० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । त्यसैगरी महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसँग २३-१० तथा ६७ केजीमुनि नेपालकी संगीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसँग २०-१७ ले पछि परे । यस्तै आइतबार तेक्वान्दोको व्यक्तिगत पुम्सेतर्फ पुरुषमा नेपालका कमल श्रेष्ठ र महिलामा पार्वती गुरुङले पनि राम्रो खेल देखाउन सकेनन् । कमल र पार्वती दुवै चाइनिज ताईपेईंका खेलाडीसँग चुके ।

 

महिला टिम पुम्सेको क्वाटरफाइनलमा पनि नेपाल चाइनिज ताइपेईंसँग नै पछि पर्‍यो । त्यसअघि उज्वेकिस्तान टोली डिस्क्वालिफाइ घोषित भएपछि नेपाल क्वाटरफाइनलमा सिधै प्रवेश गरेको थियो । अब बुधबार नेपालका दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । भुपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौलसमूहमा खेल्नेछन् । यसअघि एसियाली खेलकुदमा नेपालले १ रजत र २२ कांस्य पदक जितेको छ । त्यसमा नेपालले जितेको सबैभन्दा ठूलो एक रजत पदक पनि तेक्वान्दोले नै दिलाएको थियो । तेक्वान्दोबाट नेपालले १ रजत र १३ कांस्य गरी १४ पदक जितेको छ ।