सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

एसियन गेम्स: बास्केटबल छनोट वैशाख तेस्रो साता

प्रकाशित समय: बुधवार, ०२ : ४२ बजे बैशाख १४ गते



एसियन गेम्स: बास्केटबल छनोट वैशाख तेस्रो साता

काठमाडौं, १४ वैशाख ।१९औं एसियन गेम्स (एसियाड) का लागि नेपाल बास्केटबल संघले महिला बास्केटबल (थ्री बाई थ्री) राष्ट्रिय टिमको प्रारम्भिक छनोट गर्ने भएको छ । 

 

बुधबार संघका कार्यबाहक अध्यक्ष भीमसिंह गुरुङले वैशाख १७ र १८ गते राखेप सेमिइन्डोर कभर्डहलमा खेलाडी छनोट कार्यक्रम रहेको जनाए । ‘हामी यु-२३ को लङ नेम छनोट गर्न गइरहेको छौं,’ उनले लेखेका छन् । आगामी सेप्टेम्बरमा चीनको होन्जोउ सहरमा आयोजना हुने एसियाडमा समावेश भएसँगै बास्केटबल संघले खेलाडी छनोट गर्न लागेको हो ।