सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: बिहिवार, ०४ : ५८ बजे बैशाख १५ गते



नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ वैशाख।नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ४ हजार ८ सय ८२ पिसिआर परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै ९ सय ९३ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार पनि कसैको पनि मृत्यु भएको छैन ।

 

त्यस्तै थप १८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ९३ जना निको भएका छन् । हाल नेपालमा २ सय ४९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।