काठमाडौं, २१ वैशाख।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक बृद्धि सन्तोषजनक नै रहेको बताउनुभएको छ ।
बुधबार नेपाल चार्टड् एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले गत बर्षको ५ दशमलव ८ रहदा यस बर्षको ५ दशमलव ५ प्रतिशतको आर्थिक बृद्धिलाई सन्तोषजनक नै मान्नुपर्ने बताउनुभएको हो । उहाले विश्वबजारमा देखिएको इन्धनको मूल्यबृद्धिको असर नेपालको अर्थतन्त्रमा देखिएको धारणा राख्नुभयो । अहिलेको अवस्थामा बाह्य क्षेत्र नै चुनौतीपूर्ण कुरा भएको उहाले बताउनुभयो । उहाले करिव दुई अर्वको निर्यातले २१ अर्वको आयातलाई धान्न नसक्ने भन्दै इम्पोर्ट धान्ने रेमिट्यान्सबाट भएको तर अहिले रेमिट्यान्स सस्टेनेबल नरहेको तर्क गर्नुभयो ।
गभर्नर अधिकारीले रेमिट्यान्सलाई औपचारिक बनाउन खोज्दा पनि सम्भव नहुने देखिएको बताउनुभयो । उहाले केहि आयात गरेका सामाग्रीहरु नेपालमा नै प्रयोग नहुने अवस्था अहिलेपनि देखिएको भन्दै त्यसका बिषयमा अनुसन्धानको आवश्यकता रहेको धारणा राख्नुभयो । त्यस्तै उहाले सामान नै नआइकन पनि भुक्तानी गरिएको होकी भन्ने आशंका पनि देखिएको उल्लेख गर्नुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ