सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: शुक्रवार, ०४ : ४६ बजे बैशाख २३ गते



थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ वैशाख।नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको २ हजार ४ सय ५० पिसिआर परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ३ वटा एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै शुक्रबार पनि कोरोनाका कारण कसैको मृत्यु भएको छैन ।

 

त्यस्तै १७ जना कोरोना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ४७ जना निको भएका छन् । हाल नेपालमा २ सय १५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।