सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: शनिवार, ०३ : ०१ बजे बैशाख २४ गते



थप १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ४ सय २० पिसिआर परिक्षणका क्रममा ११ जना र १ हजार २ सय ९६ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ६८ जना निको भएका छन् ।

हाल नेपालमा २ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।