सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

नेपाल र जिम्बाब्बे ए: ३३ ओभर छोट्याइएको खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै

प्रकाशित समय: सोमवार, १२ : ५९ बजे बैशाख २६ गते



नेपाल र जिम्बाब्बे ए: ३३ ओभर छोट्याइएको खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडौं, २६ वैशाख।नेपाल भ्रमणमा रहेको जिम्बाब्बे ए र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसिय खेल साेमबार हुँदै छ ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस जितेर फिल्डिङ गर्ने भएको छ । भ्रमणकारी टोली जिम्बाब्बे भने सुरुवाती ब्याटिङ गर्नेछ ।खेल निर्घारित समय अनुसार ९ बजे हुनु पर्ने थियो । तर राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस १२ बजे मात्र भएको थियो ।

 

नेपाल क्रिकेट संघ क्यानका अनुसार खेल ३३ ओभरको हुनेछ ।नेपाल र जिम्बाब्बे ए बीचको तीन एकदिवसिय सिरिज १–१ को बराबरी अवस्थामा छ ।पहिलो खेलमा जिम्बावे तीन विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो ।

 

अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ । यता जिम्बाब्बे भने शृंखला जित्दै भ्रमय सुखमय बनाउन चाहन्छ ।