काठमाडौँ, २८ वैशाख ।धितोपत्र बजारमा शेयर कारोबार मापक नप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक ५६.०६ अङ्कले उकालो लागेर दुई हजार ३६९.०६ मा पुगेको छ ।
त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ९.५२ अङ्कले उकालो लागेर ४५६.६६ अङ्कमा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकम मङ्गलबारको तुलनामा सामान्य वृद्धि भएको छ । कूल २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर रु दुई अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ मूल्यमा खरिद बिक्री भए ।
बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ७० अर्ब सात करोड ४५ लाख १० हजार बराबर पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २३.३७, व्यापार २१.१५, होटल तथा पर्यटन ५२.७९, विकास बैंक १५०.७३, जलविद्युत् १३०.३४, वित्त ७४.२, निर्जीवन बीमा २४३.७४, उत्पादन ७०.०२, अन्य ३१.७७, लघुवित्त १५३.८९, जीवन बीमा २१७.१७, सामूहिक लगानी कोष ०.१३ र लगानी २.२७ अङ्कले उकालो लागेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ५९ लाख ७४ हजार बराबरको कारोबार भयो । न्यादी ग्रुप अफ पावर रु आठ करोड ७३ लाख ४१ हजार ४४९, राधी विद्युत् कम्पनी रु सात करोड ६२ लाख ६७ हजार २३१, शिवम् सिमेन्ट रु छ करोड ७५ लाख ८८ हजार ४३७ र नेशनल हाइड्रोपावर रु पाँच करोड ८० लाख ६२ हजार ६९७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ