सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप २ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: शनिवार, ०४ : ३६ बजे बैशाख ३१ गते



थप २ जनामा कोरोना संक्रमण पुष्टि

वैशाख ३१ । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको १ हजार १ सय २७ पिसिआर परिक्षणका क्रममा २ जनामा कोरोना पुष्टि भएको हो । १ सय २७ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ८९ संक्रमित निको भएका छन् ।

 

हाल नेपालमा १ सय ५० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।