काभ्रे ।नेपाली महिलाहरुको महत्वपूर्ण पर्व तिजको अवसरमा नेपाल महिला संघ पनौती नगर समन्वय समितिले तिज बिशेष तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईको प्रमुख तातिथ्यता तथा महिला संघकी केन्द्रीय सदस्य लिला नेपालको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानिय ५ जना बृध्दा महिलाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिबप्रसाद हुमागाईले तिज पर्वले दिदी बैनी र दाजुभाई एबं माइती संगको भेला हुने र दुख सुख साट्ने पर्व भएकाले यो पर्वको ठूलो महत्व रहेको उल्लेख गरे। फरक प्रसंगमा उनले सरकारले हद नाघेर बढाएको कर घटाइन लगाउने काम नेपाली कांग्रेसले गरेरै छाड्ने बताए ।
तिज बिशेष कार्यक्रम लाई सम्बोधन गर्दै नेपाल महिला सँघकी केन्द्रिय सदस्य नेपालले महिलाहरुमा ठुलो शक्ति हुँदा हुदै त्यो शक्तिको सहि सदुपयोग गर्न नसकेकाले महिलाहरु अगाडि बढ्न नसकेको चर्चा गरीन्।
उनले नेपाली महिलाहरुको महत्वपूर्ण चाडबाड समेतलाई महत्वहिन बनाउन कम्युनिष्ट सरकार लागि परेको आरोप लगाउदै सर्बहारा नारामा आएको एमाले र माओबादीहरु निरंकुश ढंग बाट अघि बढ्दै जनता माथि अन्याय अत्याचार थोपर्न थालेको बताइन् ।
उनले देशमा कम्यूनिष्ट पार्टीको सरकार आएपछि महिला हिंसा मौलाउन थालेकाले सबै सचेत हुन उनको आग्रह थियो । लोकतन्त्रिक आन्दोलन सफल भै सकेकाले अब सबै समृद्धि तर्फ लाग्नु पर्ने भन्दै चौबर कर थोपर्ने सरकारले जनतालाई थप सुबिधा दिन नसकेको प्रति आक्रोस पोखिन् ।
पुर्व सभाषद तिर्थ लामाले नेपाली कांग्रेसले विविधता भित्र एकाता गास्न खोजिरहेको चर्चा गर्दै नेपाली कांग्रेको नेतृत्वमा आएको संविधानले महिलाहरुलाई सम्मानजनक स्थान प्रदान गरेको चर्चा गरे ।
नेपाल महिला संघ पनौती नगर समन्वय समितिका संयोजक अञ्जु रञ्जितको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति रमेशप्रसाद हुमागाई ,जिल्ला नेता तिर्थ पसखल,जिल्ला सदस्य महेस पौडेल, पनौती नगर सभापति रामशरण भण्डारी, लगाएतले तिजको महत्वमाथी चर्चा गरेका थिए। कर्यक्रममा बिभिन्न सास्कृतिक कार्यक्रम सहित दर खाने कार्यक्रम रहेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ