काठमाडौं, २ जेठ।नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज पाहुना टोली युगान्डाविरुद्ध पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्दै छ ।
नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र युगान्डाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपाल आज युगान्डालाई हराएर सिरिजमा सुखद सुरुआतको योजनामा रहेको छ भने युगान्डा पनि जितबाट सिरिजको सुरुआत गर्न चाहन्छ । युगान्डाविरुद्धको टी–ट्वान्टी सिरिज महिला टोलीका लागि ऐतिहासिक सिरिज हो । अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको १५ वर्षपछि महिला टोलीले पहिलो पटक घरेलु मैदानमा सिरिज खेल्न लागेको हो । नेपालले २००७ मा मलेसियामा भएको एसीसी महिला च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट पाइलामा चालेको थियो ।
यस्तै महिला टोलीले घरेलु भूमिमा खेल्न लागेको यो दोस्रो अन्तराष्ट्रिय प्रतियोगिता हो । घरेलु भूमिमा पहिलो पटक अन्तराष्ट्रिय खेल खेलेको तीन वर्षपछि नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक सिरिज खेल्न लागेको हो । युगान्डाविरुद्धको सिरिज नेपालको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज हो । यस अघि नेपालले कतारविरुद्ध गत मङ्सीरमा सिरिज खेलेको थियो । कतार भ्रमण गर्दै नेपालले ३ खेलको सिरिज क्लिन स्विप गरेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ