ललितपुर, महांकाल गाउँपालिकामा रहेको चन्दनपुर युवा क्लबले हरितालिका तिजको अवसरमा तिज विशेष सांस्कृतिक कार्यक्रम गर्नेभएको छ।
आफ्नो संस्कृति आफै जोगाउँ भन्ने सन्देश दिन प्रत्येक वर्ष तीजको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दैआएको क्लबले यसवर्ष लोकगीत प्रतियोगिता समेत गर्ने भएको छ।
भाद्र २६ गते मङ्गलबारका दिन सरस्वती माविको प्राङगणमा हुने बृहत सांस्कृतिक कार्यक्रममा हास्यकलाकार तथा लोकगायक टेकराज लाङ्घाली, लोकगायक भान्जा श्री, गायक विदुर घिमिरे, गायक राजकुमार राईमाजी, प्रिया राई ,नविना श्रेष्ठ, राजेन्द्र न्यासुर, राजीव चौलागाई लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने क्लबका अध्यक्ष जिवनाथ घिमिरेले बताए।
प्रतक्ष्य संगीत सहित हुने सांस्कृतिक कार्यक्रममा स्थानीय लोककला संस्कृतिको जगेर्ना गर्न लोक गित प्रतियोगिता समेत हुने अध्यक्ष घिमिरेले बताए।
क्लबले प्रत्येक वर्ष खेलकुद स्वास्थ्य शिक्षा र कला संस्कृतिको संरक्षण र सम्बर्धन गर्न यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ