काठमाडौं, ५ जेठ।यू-२० पुरुष साफ च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले ९-२० साउनसम्म भारतमा आयोजना हुने प्रतियोगिताकोको मिति र तालिका सार्वजनिक गरेको हो ।तालिकाअनुसार नेपालले उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ । खेल ९ गते हुनेछ । प्रतियोतिगाको सबै खेल भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने साफले जनाएको छ ।
यस्तै नेपालले दोस्रो खेलमा ११ गते श्रीलंकाको सामना गर्नेछ । यस्तै १४ गते भारत र १७ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।यस्तै फाइलन खेल २० गते हुनेछ । सिंगल राउण्ड रोविनको आधारमा हुने तालिकाको शीर्षस्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ