सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: सोमवार, ०४ : ५१ बजे जेठ ९ गते



नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ९ जेठ।नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको २ हजार २ सय ३३ पिसिआर परिक्षणका क्रममा ८ जना र ५ सय ३५ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ९१ जना निको भएका छन् । हाल नेपालमा १ सय ३३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।