सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

राष्ट्रिय खेलकुद सर्यो, नयाँ मिति असोज २८ मा आयोजना हुने

प्रकाशित समय: मगलवार, ०३ : ३७ बजे जेठ १० गते



राष्ट्रिय खेलकुद सर्यो, नयाँ मिति असोज २८ मा आयोजना हुने

काठमाडौं, १० जेठ।गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अभावका कारण सरेको छ ।

 

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा भएकाे कार्यक्रमले मिति सरेको जनाएको हो ।नवौं खेलकुद प्रतियाेगिता २२ देखि २८ जेठमा हुने पूर्व निर्धारित तालिका थियाे ।

 

नंया मिति २८ असोजदेखि ३ कार्तिकका लागि तोकिएको छ । युवा तथा खेलकुद मन्त्री गहतराजले वर्षा समय र दसैं तिहार नछेकिने गरि मिति तय गरेको जनाए ।