सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

दोहोरो अंकले बढ्यो सेयर बजार

प्रकाशित समय: मगलवार, ०५ : ४० बजे जेठ १० गते



दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं, १० जेठ।नेपाली सेयर बजार (नेप्से) मंगलबार दोहोरो अङ्कले वृद्धि भएको छ ।

 

मंगलबार नेप्से परिसूचक १६.३२ अंकले बढेर २२ सय १७ दशमलव १९ अङ्कमा पुगेर बन्द भएको छ ।सोमबार नेप्सेमा ३४.२१ अंकले गिरावट आएको थियो । बढेको सेयर बजारमा सेन्सेटिभ इन्डेक्स ३.६२ अङ्कले बढेर ४ सय ३२ दशमलव ७८ अङ्कमा पुगेको छ ।

 

मंगलबार नेप्से परिसूचक सुधार आएपनि कारोबार रकममा भने सोमबार भन्दा २८ करोड ७ लाख रुपैयाँले गिरावट आएको छ ।सेयर बजारमा मंगलबार ३१ लाख ७ सय ३० कित्ता कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

मंगलबार नेप्सेमा ३९ लाख १७ हजार ६ सय ५५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।नेप्सेमा २ सय २४ कम्पनीको सेयर खरिदबिक्री भएकोमा १ सय ६० कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् ।

 

मंगलबारको बजारमा म्यूचल फन्ड र ट्रेण्डिङ सेक्टर बाहेक अधिकांश सेक्टरका लगानी कर्ताले नाफा कमाएका छन् ।