काठमाडौं, १० जेठ।नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका खेलाडीको मासिक पारिश्रमिक बढाउने निर्णय गरेको छ ।
क्यानको बोर्ड बैठकले ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा रहेका पुरुष खेलाडीको पारिश्रमिकमा १० हजार वृद्धि गर्ने जनाएको छ ।क्यानको यो निर्णयसँगै ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा रहेका ‘ए’ ग्रेडका खेलाडीहरुको पारिश्रमिक ६० हजार, ‘बी’ ग्रेडमा रहेका खेलाडीको ५० हजार र ‘सी’ ग्रेडका खेलाडीहरुको ४० हजार रुपैयाँ पुगेको छ ।
यसअघि ‘ए’ ग्रेडका खेलाडीको ५० हजार, ‘बी’ ग्रेडका खेलाडीको ४० हजार र ‘सी’ ग्रेडका खेलाडीको ३० हजार रुपैयाँ पारिश्रमिक थियो ।यस्तै, क्यानले महिला खेलाडीको पारिश्रमिक पनि वृद्धि गर्ने निर्णय गरेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड ‘सी’ मा रहेका खेलाडीको पाँच हजार र ‘बी’ र ‘ए’ ग्रेडका खेलाडीको पारिश्रमिक समान ६ हजार रुपैयाँले बढाएको छ ।
यसअघि ग्रेड ‘ए’ मा रहेका महिला खेलाडीको पारिश्रमिक १५ हजार, ‘बी’ ग्रेडका खेलाडीको पारिश्रमिक १२ हजार र ‘सी’ ग्रेडका खेलाडीहरुको पारिश्रमिक १० हजार रुपैयाँ थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ