सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: बिहिवार, ०५ : ०२ बजे जेठ १२ गते



नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १२ जेठ।नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको २ हजार २५ पिसिआर परिक्षणका क्रममा १४ जना र १ हजार ६ सय ३ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १३ संक्रमित निको हुदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २४ जना निको भएका छन् ।

 

हाल नेपालमा १ सय २९ सक्रिय संक्रमित आईशोलेसनमा रहेका छन् ।