सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: शुक्रवार, ०४ : ३० बजे जेठ १३ गते



नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १३ जेठ। नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको २ हजार २ सय ३८ पिसिआर परिक्षणका क्रममा ८ जना र १ हजार १ सय ४९ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३७ जना निको भएका छन् ।

 

हाल नेपालमा १ सय २४ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।