विराटनगर, २ असोज । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान गरेका छन् ।
कानेपोखरी–७ आईतवारेको जनकल्याण माध्यमिक बिद्यालय र पच्चिबिगेको शान्तिदेवी आधारभुत बिद्यालयका छात्र छात्रालाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको हो । बिद्यालयमा आयोजित कार्यक्रममा डा.शर्माले जनकल्याणका ८४ र शान्तिदेवीका ९ गरी जम्मा ९३ जना बिपन्न बिद्यार्थीलाई करिव १ लाख मुल्य वरावरको सामाग्री प्रदान गरेका हुन् । प्रत्येक बिद्यार्थीलाई आधा दर्जन कलम, आधा दर्जन कपी र बिद्यालय पोशाक प्रदान गरिएको छ ।
जनकल्याणका सिसु कक्षादेखि कक्षा १० सम्मका बिपन्न बिद्यार्थीलाई सो सामाग्री हस्तान्तरण गरिएको हो । शान्तिदेवीमा १ शिक्षिका र ९ जना बिद्यार्थी छन् । सो बिद्यालयका सवै बिद्यार्थीलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाकका साथै शिक्षिकालाईसमेत पोशाक प्रदान गरिएको छ । त्यस्तैगरी डा.शर्माले बिद्यालयलाई प्राथमिक उपचार सामाग्री पनि हस्तान्तरण गरे ।
सामाग्री हस्तान्तरणपछि बोल्दै डा.शर्माले बिपन्न बिद्यार्थीहरुलाई पढाईका क्रममा थोरै भएपनि राहत पुर्याउँन सहयोग गरेको बताएका छन् । गरिवीका कारण कष्टपूर्ण तरिकाले बाल्यकाल विताएका डा.शर्माले सानो छदाको दुख कष्ट पनि स्मरण गरे ।
‘नयाँ चप्पल किन्ने पैसा नहुँदा हिड्दा–हिड्दै खिईएर दुलो परेको सिएसी चप्पल लगाएर स्कुल जान्थे ।’ भावुक हुँदै डा.शर्माले भने ‘दुलो परेको चप्पल लगाएर हिड्नुपर्दा खुट्टा बिझाएको अहिले पनि झलझली याद आउँछ ।’ डा.शर्माले बिपन्न बिद्यार्थीहरुलाई सक्दो सहयोग गर्न आफु तयार रहेको बताए ।
बालबालिकाको दातमा धेरै समस्या देखिने गरेको भन्दै डा.शर्माले जनकल्याण बिद्यालयका सवै बिद्यार्थीलाई नोबेल अस्पतालमा लगेर निःशुल्क दाँत परीक्षण गर्ने र सफा गर्ने ब्यवस्था मिलाईदिने बताएका छन् । सो बिद्यालयमा करिव ५ सय जना बिद्यार्थी छन् । डा.शर्माले यसअघि सुन्दरहरैचा–११ तिनमोहरीको आदर्श आधारभुत बिद्यालयका छात्रछात्रालाई पनि शैक्षिक सामाग्री प्रदान गरेका थिए ।
शर्माले आफ्नै लगानीमा चमार, डुम, झागड, मुसहर जस्ता जातिका सयौं बिद्यार्थीलाई निःशुल्क स्वास्थ्य शिक्षा पढाउँदै आएका छन् । उनकै सहयोगका कारण नेपालमै पहिलो पटक सतार समुदायका युवाले एमवीवीएस उत्रिर्ण गरी डाक्टर बन्ने अवसर पाएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ