सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: बिहिवार, ०५ : ४० बजे जेठ २६ गते



नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २६ जेठ।नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको १ हजार ६ सय ५५ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ९८ एन्टीजेन परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ७१ जना निको भएका छन् ।

 

हाल नेपालमा १ सय १२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।