सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

लेखक राम सुन्दर के सीको पुस्तक 'प्रेमिल गन्तव्य' विमोचन हुने

प्रकाशित समय: शुक्रवार, ०७ : ५० बजे जेठ २७ गते



लेखक राम सुन्दर के सीको पुस्तक 'प्रेमिल गन्तव्य' विमोचन हुने

ललितपुर, सुनगाभा साहित्य सदन ललितपुरको आयोजनामा लेखक एवं सर्जक राम सुन्दर के सी को पुस्तक "प्रेमिल गन्तव्य" विमोचन हुने भएको छ। 

 

सुनगाभा साहित्य सदनको अध्यक्ष समेत रहेका के सीले थुप्रै कृति प्रकाशन गरिसकेका छन्। 

 

महाङ्काल गाउँपालिका गोटीखेल ललितपुरको कोप रिसोर्टमा जेष्ठ २९ गते हुने उक्त कार्यक्रममा सुनगाभा साहित्यिक पत्रिकाको २१ औं अङ्क विमोचन समेत हुने भएको छ। 

 

कार्यक्रममा कविता एवं गजल बाचन हुने साथै महांकाल गाउँपालिका र गाउँपालिकाका पदाधिकारीहरुलाई बधाई एवं सम्मान समेत गरिने अध्यक्ष केसीले बताए।