काठमाडौँ।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको सिरिजका लागि आज नेपालले दोस्रो खेल खेल्दैछ ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले आज राति घरेलु टोली अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल सिरिजमा पहिलो जित निकाल्दै अङ्क जोड्न चाहन्छ । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । अमेरिका भने सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
पहिलो खेलमा अमेरिकाले ओमानलाई हराएको थियो । लिग दुईमा नेपाल १३ खेलमा १२ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका २१ खेलमा २० अङ्क जोडेर चौंथो स्थानमा रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ