ललितपुर, लेखक एवं सर्जक राम सुन्दर केसीको तेस्रो कथा सङग्रह प्रेमील गन्तव्य सार्वजनिक भएको छ । सुनगाभा साहित्य सदनको प्रकाशनमा प्रकाशित कृति आज एक कार्यक्रमका बीच विमोचन गरिएको हो।
जिल्ला समन्वय समितिका सभापति ऋषिदेव फुँयाल, महाङकाल गाउँपालिका अध्यक्ष गणेश केसी, उपाध्यक्ष डाेल्मा माया गोले,त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. कृष्ण प्रसाद दहाल, सुनगाभा साहित्य सदनका संस्थापक अध्यक्ष गोविन्द प्रसाद पराजुली उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा २०७९ को स्थानीय तहको निर्वाचनमा महाँकाल गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान गरिएको थियो। उक्त कार्यक्रममा सुनगाभा साहित्य सदनको २१औं अंक पुस्तक समेत सार्वजनिक गरिएको थियो।
उक्त कार्यक्रममा प्राध्यापक डा. दहालले आफ्नो धरातल र परिवेशलाई लेखकले कृतिमा समेटेको कृतिमा प्रेम तत्व गौण भएर आएको बताए । गोटिखेलमा धेरै रत्नहरु रहेका र ती धेरै रत्नहरुले नेपाल ढाक्ने दहालले बताए ।
सुनगाभा साहित्यका सल्लाहकार समेत साहित्यकार रहेका गोपाल संजेलले नेपाली साहित्यले एउटा उत्कृष्ट कथा संग्रह प्राप्त गरेको बताउदै कृति हरेक विद्यार्थीको हातमा पुग्नुपर्ने प्रष्ट पारे ।
बौद्ध धर्म गुरु खेन रिनपोक्षे गेसे ङिमा तामाङले धर्म संस्कृति रीतिरिवाज र साहित्य मानव जीवनमा महत्त्वपूर्ण रहेको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख ऋषि देव फुयाँलले जिससबाट प्राप्त हुने जस्तो सुकै सहयोग दिन तयार रहेको बताए। उनले कला संस्कृति साहित्य संरक्षणमा सुनगाभा साहित्य सदन अग्रपंक्तिमा रहेको भन्दै खुलेर प्रशंसा गरे।
गाउँपालिका प्रमुख गणेश केसीले स्कुल पढ्दा कविता लेख्ने गरेको बताउदै कविता वाचन गरे । उनले पालिकामा साहित्यको उत्थानका लागि आफ्नो सक्दो सहयोग रहने बताए। जे बोल्छौं त्यो गर्छौ जे गर्छौं त्यो बोल्छौं उनले भने ।
कृतिका लेखक राम सुन्दर केसीले पुस्तकमा समाजका विविध पक्ष र पाटाहरुलाई उजागर गरेको प्रष्ट पारे । उनले स्रष्टालाइ बचाउने पाठक हो, अहिलेको समयमा पठन संस्कृतिको विकास हुन जरुरी रहेको बताए।
कार्यक्रममा साहित्यकार, लेखक, कवि रत्न विरही घिमिरे, विश्वनाथ संजेल,शिव घिमिरे, राजकुमार बजगाईं, दिपेश तिमल्सिना लगायतले कविता गजल बाचन गरेका थिए।
लेखक केसीका साझा आँखा ( २०६१ ) एक्लोपना कथा संग्रह( २०६३) प्रकाशित भइसकेका छन् । लेखक केसीको तेस्रो कथा संग्रह प्रेमील गन्तव्य कृतिको मूल्य २७५ रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ