काठमाडौं । नेप्सेले शुक्रबार पनि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कारोबार हुने गरी समय तय गरेअनुसार आज पहिलो कारोबार भयो ।
अन्य देशहरुमा सातामा ५ दिन मात्रै सेयर कारोबार हुने गरेकोमा नेपालमा भने हप्तामा ६ दिन नै सेयर कारोबार थालिएको हो । यससँगै अब सेयर कारोबार साताको ६ दिन नै हुने भएको हो । शनिबार बन्द रहने कारोबार आइतबारदेखि बिहीबारसम्म भने अपरान्ह ११ बजेबाट तीन बजेसम्म चल्नेछ ।
आज पहिलो पटक ११ बजेदेखि सुरु भई १ बजे बन्द भएको सेयर बजार ७.५७ अंकले घटेर १९७१.३६ बिन्दुमा आएर रोकिएको छ । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.६९ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३७ अंक घटेको छ। यस दिन २२० स्टकको १५ हजार १६३ पटकको कारोबारमा ७३ करोड ६३ लाख १२ हजार रुपैयाँ बराबरको २३ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस्तै आँधीखोला लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य आज ९.९९ प्रतिशत अर्थात ५४ रुपैयाँ २० पैसा बढेर ५९६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, सिवाईसी लघुवित्तको शेयरमूल्य आज ४ प्रतिशत बढेको छ भने लुम्बिनी जनरल इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ।
रिभर फल्स पावरको शेयरमूल्य सर्वाधिक ५.९३ प्रतिशत घटेको छ। त्यसैगरी, बुद्धभूमि नेपाल हाइड्रोपावर र सिंगटी हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा आज नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो स्टकको आज १० करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सेञ्चुरी कमर्सियल बैंकको करिब साढे ६ करोडको शेयर खरिदबिक्री भएको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ