काठमाडौँ, ४ असार।एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज दोस्रो खेलमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको किनारा मैदानमा हुने खेल नेपाली समय अनुसार १२ ः ४५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो । कुवेत भने पहिलो जित निकाल्ने योजनामा रहेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजाविहीन बनेको थियो । कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो ।
च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । नेपाल १ खेलमा २ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । कुवेत १ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । अब नेपालले सोमवार बहराइन र अन्तिम खेलमा मङ्गलवार हङकङसँग खेल्नेछ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ