ललितपुर,कोन्ज्योसोम गाउँपालिका–२को शंखुमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको आयोजनामा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा बिरामीको स्वास्थ्य जाँच गर्नुका साथै कोभिड–१९ विरुद्धको खोप बुष्टर डोज १३० दिइएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका बरिष्ठ जनस्वास्थ्य प्रशासक प्रमुख सतिश विष्टले जानकारी दिए।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट प्राप्त वार्षिक कार्यक्रम स्वीकृत कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय ललितपुरको एकीकृत जनस्वास्थ्य अभियान कार्यक्रममा आयुर्वेद,जनरल चेकअप, दाँतको सेवा,ल्याब,आँखाको जाँच प्रजनन स्वास्थ्य सम्बन्धी सेवा लगायतका अन्य विभिन्न रोगको चेकजाँच एवं उपचार गरिएको थियो।
एकीकृत घुम्ती शिविरमा खोप बुष्टर डोज १३० जना, जनरल चेकजाँच १४२जना,आयुर्वेद १२६ जना,ल्याब सेवाबाट ५५जना गरि ४८५ जना प्रत्यक्ष लाभाम्वित भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
स्वास्थ्य उपचारको पहुँच कम भएका दुर्गम गाउँका बस्तीहरुमा अघिल्ला वर्षहरुमा पनि स्वास्थ्य कार्यालय ललितपुरले एकीकृत जनस्वास्थ्य अभियान कार्यक्रम गरेको थियो ।
नागरिकमा स्वाथ्यको पहुँच वृद्धि गर्नका लागि स्वास्थ्य कार्यालयले गतवर्ष महांकाल गाउँपालिका र बागमती गाउँपालिकामा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।
एकीकृत जनस्वास्थ्य अभियान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा, स्वास्थ्य कार्यालयका फाँट प्रमुख एवं सम्पुर्ण टिम,वडा अध्यक्ष रोहन घलान लगायतको उपस्थिति रहेको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ