सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

नेपालले दियाे हङकङलाई ११० रनको लक्ष्य

प्रकाशित समय: मगलवार, ०२ : १५ बजे असार ७ गते



नेपालले दियाे हङकङलाई ११० रनको लक्ष्य

काठमाडौं, ७ असार।एसीसी महिला टी २० च्याम्पियनसिपमा नेपालले हङकङलाई जितका लागि ११० रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको हो ।

 

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रन बनाईन् । यस्तै, अप्सरी बेगमले २२ रनको योगदान गरिन् । यस बाहेक बिन्दु रावलले २३, सिता मगरले ९, ममता चौधरीले ७, कविता जोशीले ४ र काजल श्रेष्ठले १ रन बनाईन् । नेपालकी इन्दु वर्मा शून्यमा आउट भईन् ।

 

हङकङकी बेट्टी चानले २ तथा मार्याम बीबी र एलिसा हब्बार्डले समान १ विकेट लिए ।

 

नेपाल आज हङकङलाई हराएर लगातार चौथाे जित निकाल्ने योजनामा छ । आज जित निकाले नेपाल समूह बीमा विजेता बन्नेछ । नेपालको तीन खेलबाट ६ अंक छ ।