सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

नेपालमा कोभिड संक्रमण दर बढ्यो, थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: बिहिवार, ०५ : १२ बजे असार ९ गते



नेपालमा कोभिड संक्रमण दर बढ्यो, थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ९ असार।नेपालमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको १ हजार २ सय ३४ पिसिआर परिक्षणका क्रममा ३३ जना र १ हजार २ सय ६० एन्टीजेन परिक्षणका क्रममा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ४२ जना निको भएका छन् ।

 

हाल नेपालमा १ सय ६३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।