सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप २९ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: आइतवार, ०४ : ५० बजे असार १२ गते



थप २९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १२ असार।नेपालमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको १ हजार ७७ पिसिआर परिक्षणका क्रममा २१ जना र ६ सय ५३ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ८९ जना निको भएका छन् ।

 

हाल नेपालमा १ सय ९२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।