सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

रेडक्रसको सहयोगमा बन्यो १४ स्वास्थ्य चौकी

प्रकाशित समय: बिहिवार, ०१ : ५६ बजे आश्विन १८ गते



रेडक्रसको सहयोगमा बन्यो १४ स्वास्थ्य चौकी

चौतारा,नेपाल रेडक्रस सोसाइटीको समन्वयमा सिन्धुपाल्चोकमा भूकम्पले क्षति पु¥याएका १४ स्वास्थ्यचौकी भवनको पुर्ननिर्माण भएको छ ।

 

पछिल्लो समय मेलम्ची नगरपालिका–९, ज्यामिरेको स्वास्थ्यचौकी भवन स्थानीय तहलाई हस्तान्तरण गरेको रेडक्रसले जिल्लाका १४ स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा पाएको थियो । जापनिज रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा रेडक्रस जिल्ला शाखाको समन्वयमा भवन निर्माण भएको कार्यक्रम अधिकृत अनिरुद्र न्यौपानेले जानकारी दिए ।

 

जिम्मा पाएको मध्ये इन्द्रावती गाउँपालिकाको बाँडेगाउँ र हेलम्बुको पाल्चोक बाहेक अन्य भवन निर्माण भइसकेको न्यौपानेले बताए । ‘बाँडेगाउँ र पाल्चोकको भवन फिनिसिङको काम बाँकी छ अन्य १२ वटा निर्माण भएर सञ्चालनमा आइसकेको छ’, न्यौपानेले भने, ‘रेडक्रसले निर्माण गरेका भवन प्रिफाइव प्रविधमा बनेका सेमी पर्मानेन्ट हुन् ।

 

’ रेडक्रसले मेलम्ची नगरपालिकाका ज्यामिरे, शिखरपुर र थकनी, हेलम्बु गाउँपालिकाको इचोक, किउल, महांकाल र पाल्चोक, पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोटेनाम्लाङ, बाँसखर्क, लाागर्चे, भोताङ, थाङ्पालधाप र थाङ्पालकोट तथा इन्द्रावती गाउँपालिकाको बाँडेगाउँमा स्वास्थ्यचौकी भवन निर्माण गरेको छ । रेडक्रसले एउटा भवन निर्माणका लागि ७४ लाख रुपैयामा ठेक्कामा दिएको थियो ।

 

निर्मित भवनहरु दुई कोठाको आवाससहित नौ कोठे रहेका छन् । नागरिकको मौलिक हक अन्र्तगत पर्ने स्वास्थ्य सेवा भवनका कारा अवरुद्ध भएकाले जिल्लाका पिछडीएका र दुर्गम बस्तीका स्वास्थ्य संस्थाको भवन निमाणमा जिल्ला शाखाले समन्वयकारी भूमिका निर्वाह गरेको रेडक्रस सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभँडेलले बताए ।

 

ग्रामीण भेगका स्वास्थ्य संस्थालाई प्रशुति कक्षसहितको भवन निर्माण गरेर स्थानीय तहलाई हस्तान्तरण गरेको श्रेष्ठले जानकारी दिए । एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ७५ स्वास्थ्यचौकी रहेको जिल्लाका अधिकांश भवन पूर्ण रुपमा तथा केही आंशिक क्षति भएका थिए । क्षति भएका मध्ये विभिन्न संस्थाले ४७ स्वास्थ्य संस्था प्रिफाइव मोडलमा निर्माण गरेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. पोमावती थापाले जानकारी दिइन् ।

 

डा. थापाका अनुसार एमडिएम फ्रान्सले २१, रेडक्रसले १४ तथा अमेरिका नेपाल मेडिकल फाउण्डेसनले १२ भवन निर्माण गरेका छन् । नेपाल सरकारले २५ भवन मर्मत गरेर सञ्चालनमा ल्याएको छ ।