सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

१८ कात्तिकमा सुरक्षा पन्तको 'बुलाकी'

प्रकाशित समय: बुधवार, ०४ : ३२ बजे असार १५ गते



१८ कात्तिकमा सुरक्षा पन्तको 'बुलाकी'

काठमाडौं, १५ असार।कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृतिक समेटिएको फिल्म ‘बुलाकी’ आगामी १८ कात्तिकमा प्रदर्शनमा आउने भएको छ । धान दिवसको अवसर पारेर निर्माण युनिटले फिल्मको रिलिज मिति सार्वजनिक गरेको हो ।

 

टोपेन्द्र विष्टको निर्माण र लक्ष्मण सुनारको रहेको फिल्ममा स्व. मोति विष्ट प्रस्तुतकर्ता छन् । डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ ।

 

छत्रेश्वरी मेनेजमेन्टको व्यानरमा सौगात कँडेल सहनिर्माता रहेको फिल्ममा शिव ढकालको छायांकन छ ।